माध्यमिक तहको विज्ञापन संशोधन

माघ १६, २०७९ | काठमाडौं

शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाका लागि गरेको विज्ञापन संशोधन गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट केही विषयका पदहरु थपघट भई आएकाले साविकका पदहरुमा थपघट गरिएको आयोगले जनाएको छ । जसमध्ये नेपाली विषयको विज्ञापनमा मधेश प्रदेशमा १, बागमतीमा २, गण्डकीमा ४, लुम्बिनीमा १ र सुदूरपश्चिम प्रदेशमा ३ वटा पद संख्या थपिएको छ । यस्तै अंग्रेजीका लागि प्रदेश १ मा मधेशीका लागि भनेर गरिएको विज्ञापन घटाएर महिला तर्फ थपिएको छ ।

यस्तै मधेश प्रदेशमा पनि दुई वटा संख्या थपघट गरिएको छ । जसमा जम्मा संख्यामा एक र महिलाका लागि एक पद थप गरिएको छ । यस्तै बागमतीमा ३, गण्डकीमा ४ र लुम्बिनीमा ३ वटा संख्या थप गरिएको आयोगले जनाएको छ । यस्तै गणित विषयका लागि मधेशमा १, बागमतीमा १, गण्डकीमा १, लुम्बिनीमा ३ थपिएको छ भने सुदूरपश्चिममा एउटा संख्या घटाइएको छ । विज्ञान तर्फ मधेशमा एउटा थप गरिएको छ । बागमतीमा २ वटा घटाइएको छ । गण्डकीमा २ र लुम्बिनीमा एउटा संख्या थप गरेको आयोगको सूचनामा उल्लेख छ । यस्तै सामाजिक विषयमा मधेश प्रदेशमा २ र गण्डकीमा २ वटा पद संख्या थपिएको छ । संस्कृत तर्फ सुदूरपश्चिममा साविकको संख्यामा २ वटा पद संख्या घटाइएको छ । 


प्रतिक्रिया