लामिछाने उम्मेदवार बन्न अयोग्य भन्दै परेको उजुरीबारे निर्वाचन अधिकृत कार्यालयले निर्णय गर्दै
चैत्र २२, २०७९ | काठमाडौं
प्रतिनिधिसभाको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उम्मेदवार बन्न अयोग्य भन्दै परेको उजुरीको सम्वन्धमा निर्वाचन अधिकृतको कार्यालयले आज निर्णय गर्दैछ । लामिछानेको दोहोरो राहदानीको बिषय उठाएर ४ वटा उजुरी परेका छन् । ती उजुरीमाथि आज साँझसम्म निर्णय गर्ने सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले बताउनुभयो ।
विदेशी नागरिकता त्यागेको प्रमाण पेस गरेको ३ महिना अवधि पुरा भएपछि मात्र निर्वाचनमा उम्मेदवार हुन पाउने संवैधानिक व्यवस्था छ । तर लामिछानेले गत माघ १५ गते नेपाली नागरिकता पुर्नप्राप्ती गर्ने दिन मात्र विदेशी नागरिकता त्याग गरेको भन्दै निवेदन दिएको स्रोतले जनाएको छ । यसैबीच, लामिछानेको उम्मेदवारीको विषयमा निर्वाचन आयोगले गर्ने निर्णय प्रति चित्त नबुझेमा उजुरीकर्ताले अदालतमा मुद्धा दायर गर्न सक्ने अधिकार रहेको संविधानविद्ले बताएका छन् ।