बस र कार ठोक्किदा दुई जनाको मृत्यु

जेष्ठ १६, २०८० | नेपालगन्ज

यात्रुबाहक बस र कार ठोक्किदा दुई जनाको मृत्यु भएको छ । बाँकेको राप्तीसोनारीमा ८ पशम्शेरगन्ज पोष्टको मुगवा खोलाको सडकमा दुर्घटना हुँदा कारमा सवार गोरखाका ३७ बर्षिय सुभाष अधिकारी र बुटवलकी ५४ बर्षिया सन्जु खाती खडकाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक खड्का प्रादेशिक अस्पताल सुर्खेतमा कार्यरत डाक्टर हुन् । 

बस चालकलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख तिलक सुनारले जानकारी दिनुभयो । बसमा सवार अन्य ६ जनाको भने मेडिकल कलेज कोहलपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया