आन्दोलनरत पहिचान पक्षधरलाई कोशी सरकारद्वारा वार्ताका लागि आह्वान

जेष्ठ १६, २०८०

कोशी प्रदेश सरकारले आन्दोलनरत पहिचान पक्षधरलाई वार्ताका लागि आह्वान गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले विज्ञप्ति जारी गर्दै कोशीको पुन: नामकरणको माग गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गर्नु भएको हो । 

आन्दोलनरत पक्षलाई पूर्वघोषित विरोधका कार्यक्रम स्थगन गरी वार्ताका लागि मन्त्री सिटौलाले आह्वान गर्नु भएको हो । फागुन १७ गतेको प्रदेशसभाबाट प्रदेशको नाम कोशी पारित भएदेखि पहिचान पक्षधरले प्रदेश १ पुन: नामकरण संघर्ष समिति गठन गरेर आन्दोलन गर्दै आएका छन् । उनीहरुको आन्दोलन आक्रामक बन्दै गएपछि सरकार पक्षले वार्ताका लागि आह्वान गरेको हो । 


प्रतिक्रिया