रोजगार मेला सुरु

जेष्ठ १७, २०८० | काठमाडौं

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा काठमाडौंमा रोजगार मेला आज पनि जारी छ । सिपको पहिचान सहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यका साथ महासंघले काठमाडौंको टेकुस्थित सचिवालयमा रोजगार मेला आयोजना गरेको हो ।

हिजो सुरु भएको मेलामा ५४ वटा रोजगारदाता कम्पनीहरुले सहभागिता जनाएका छन् । सो अवसरमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रम बजारमा रोजगारीको समस्या समाधान गर्न मेलाले सघाउने बताउनुभयो ।

कामको खोजीमा रहेका ५ हजार युवाले मेलामा अवलोकन गर्ने अपेक्षा महासंघले गरेको छ । मेलामा अहिले सम्म विभिन्न कम्पनीमा ६ सय बढिले रोजगारीको अवसर पाएको महासंघले उल्लेख गरेको छ ।


प्रतिक्रिया