विवरण नबुझाउने अस्पताललाई कारबाहीको माग

जेष्ठ १७, २०८० | काठमाडौं

काठमाडौं महानगरपालिकाले लक्षित वर्गालाई उपचार सेवामा छुट नदिने मातहतका ६८ स्वास्थ्य संस्थामा नियमन र कारवाही प्रक्रिया अघी बढाउन स्वास्थ्य मन्त्रालयको ध्यानकर्षण गराएको छ । महानगरको आग्रह वेवास्ता गर्ने स्वास्थ्य संस्थाहरुलाई ७ दिनभित्र कानूनी कारवाही गर्न महानगर प्रमुख बालेन्द्र शाहाले स्वास्थ्य तथा जनसख्या मन्त्री मोहनबहादुर बस्नेतसंग आग्रह गर्नुभएको हो ।

महानगरपालिकाले गत ६ गते सुचना जारी गर्दै लक्षित वर्गलाई १० प्रतिशत शैय्या निशुल्क उपलब्ध गराएको विवरण अस्पतालले टाँस गर्नुपर्ने र प्रत्येक महिनाको १० गतेभित्र विवरण महानगरमा उपलब्ध गराउन निर्देशन दिएको थियो । महानगर प्रमुख शाहाले आज विहान सामाजिक सञ्जाल मार्फत कारवाही गर्ने चेतावनी दिनुभएको हो । उहाँले फेसवुकमा लेख्नुभएकोछ– मन्त्रीज्युले कारवाही प्रक्रीया अघी बढाउनुभएन भने महानगर आफैले बन्द गर्न वाध्य हुनेछ ।

विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरु उपलब्ध गराउने तर्फ ध्यानाकर्षण गराएको महानगरले उल्लेख गरेको छ । 


प्रतिक्रिया