कोशी प्रदेशमा बजेट अधिवेशनको दोस्रो बैठक आज

जेष्ठ १७, २०८० | काठमाडौं

कोशी प्रदेशसभामा विनियोजित विधेयकमा समावेश हुने सिद्धान्त र प्राथमिकताका विषयमा छलफल हुदैछ । बिहान ११ बजे बस्ने बैठकमा आर्थिक मामिला तथा योजनामन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री हिक्मत कार्कीले आगामी वर्षको विनियोजित विधेयकमा समावेश हुने सिद्धान्त र प्राथमिकताको प्रस्ताव पेश गर्नुहुनेछ । सो प्रस्ताव माथि प्रदेस सांसदहरुले धारणा राख्ने बताईएको छ ।

यसैबीच प्रदेश नामाकरणमा असन्तुष्ट जनाएका पहिचान पक्षधरले प्रदेशसभा घेराउ गर्ने पूर्वनिर्धारित कार्यक्रमलाई जारी राख्ने जनाएका छन । प्रदेश सरकारले वार्ताका माध्यमबाट समस्याको समाधान गर्न अपिल गरेपछि पहिचान पक्षधरले भने निषेधित क्षेत्र नतोडी शान्तिपूर्ण आन्दोलन गर्ने जनाएको हुन ।

प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले सरकारले आहृवान गरेको वार्ता परिणाममुखी हुनुपर्ने बताएको छ । सम्भावित विरोध कार्यक्रमलाई मध्यनजर गर्दै प्रदेशसभा परिसल लगायतका क्षेत्रमा सुरक्षाव्यवस्था कडा पारिएको छ । 


प्रतिक्रिया