प्रधानन्यायधीशविरुद्ध उजुरी भए दिन संसदीय सुनुवाई समितिको आव्हान

जेष्ठ १७, २०८० | काठमाडौं

संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी भए दिन आव्हान गरेको छ । प्रधानन्यायधीशका लागि संवैधानिक परिषदबाट सिफारिस भएका कार्कीको संसदीय सुनुवाई प्रक्रीया हिजो शुरु भएको हो ।

प्रधानन्यायधीश पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार र प्रमाण सहित पेश गर्न आगामी २६ गते सम्मको समय तोकिएको समतिले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । प्रधानन्यायधीशविरुद्ध कुनै सूचना दिनेले चाहेको खण्डमा नाम गोप्य राखिने सुनुवाई समितिले जनाएको छ ।

संसदीय सुनुवाई समितिले ७७ वटै जिल्लाका प्रमुख जिल्लाअधिकारी मार्फत सरकारी कार्यलय एवं सार्वजनिक स्थानमा समेत सूचना टाँस गरिदिन आग्रह गरेको छ ।

कायममुकायम प्रधानन्यायधीश कार्कीलाई संवैधानिक परिषदको गत बैशाख २५ गते बसेको बैठकले प्रधानन्यायधिसमा सिफारिस गरेको हो ।


प्रतिक्रिया