प्रधानमन्त्री दाहाल आज भारत जाँदै

जेष्ठ १७, २०८० | काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल जम्वो टोली सहित आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री दाहालको निजी सचिवालय, सहित सरकारी तवरबाट ४७ एवं निजी क्षेत्रका समेत गरि प्रधानमन्त्रीको टोलीमा ८८ जना रहेका छन् । भ्रमण टोलीमा परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, उर्जामन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री रमेश रिजाल, कृषिमन्त्री वेदुराम भुसाल पनि हुनुहुन्छ । यस्तै मुख्यसचिव शंकर दास बैरागी सहितका सचिव र सहसचिव टोली पनि भ्रमणमा जान लागेको हो ।

भ्रमणका क्रममा दीर्घकालिन उर्जा ब्यापार, भारत हुंदै बंगलादेशमा विद्युत ब्यापार एवं प्रसारण लाईन इवाई रुट, कनेक्टिभिटि र कृषि क्षेत्रमा सम्झौता हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री दाहालले दिल्लीस्थित हैदराबाद हाउसमा समकक्षी नरेन्द्र मोदीसंग भोली भेटवार्ता गर्ने कार्यक्रम छ । मोदीसंगका भेटका क्रममा दुई पक्षीय आर्थिक सहमतिमा हस्ताक्षर, केही विकास परियोजनाको उद्धघाटन एवं संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको छ । दुई प्रधानमन्त्रीबीच एक्लाएक्लै र प्रतिनिधीसहित वार्ता हुन लागेको हो ।

भारतसंग लगानी, ब्यापार, प्रविधि विकास, विकास आयोजनाको निर्माण अपराध अनुसन्धानमा सहकार्य लगायका विषयमा सहमती हुने परराष्ट्रमन्त्रालयले उल्लेख गरेको छ । सीमा समस्या विषयमा समेत राजनितिक तहमा समझदारीको आशा गरिएको परराष्ट्रमन्त्री एनपी साउदले बताउनुभयो ।

समकक्षी मोदीसंगको भेटपछि प्रधानमन्त्री दाहालले राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसंग शिष्टाचार भेट गर्ने तय भएको परराष्ट्रमन्त्रालयले जनाएको छ । प्रधानमन्त्री दाहालले दिल्लीमा आयोजना गरीएको नेपाल भारत ब्यापार सम्मेलनमा सहभागीता जनाउने तय गरिएको छ । भारतमा रहंदा त्यहां रहेका नेफाली समुदायसंग अर्न्तक्रियाको कार्यत्रम समेत तय छ । प्रधानमन्त्री दाहालले भारत मध्यप्रदेशको उज्जेन र इन्दोरको भ्रमण गरेर आगामी शनिवार स्वदेश फर्कने कार्यक्रम तय गरिएको छ । 


प्रतिक्रिया