अत्यधिक गर्मीका कारण इटहरीका विद्यालयमा दुई दिन बिदा

जेष्ठ १७, २०८० | काठमाडौं

अत्यधिक गर्मी बढेपछि सुनसरीको इटहरी उपमहानगरपालिका भित्रका विद्यालयमा दुई दिन बिदा दिइएको छ । इटहरी उपमहानगरको शिक्षा महाशाखाका प्रमुख सूर्यप्रसाद सुवेदीले भोलि र पर्सि दुई दिन सबै विद्यालयमा बिदा दिइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अत्यधिक गर्मीले पठनपाठनमा समस्या भएपछि जेठ १८ र १९ गते दुई दिन विद्यालयमा बिदा दिने निर्णय गरिएको हो । अहिले सञ्चालन भईरहेका परीक्षालाई कुनै असर नपर्ने गरी विद्यालयमा बिदा दिन निर्देशन दिइएको उहाँले बताउनुभयो ।

केही दिनयता इटहरी सहित पूर्वी तराईमा अत्यधिक गर्मी बढेपछि जनजीबन प्रभावित बनेको छ ।


प्रतिक्रिया