कोशीबाट जसपा बाहिरियो

जेष्ठ १७, २०८०

जनता समाजवादी पार्टी जसपाले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमाले सहितको सरकारमा स्वास्थ्यमन्त्री रहेकी निर्मला लिम्बूलाई फिर्ता बोलाएसंगै समर्थन फिर्ता लिइएको जसपा नेता रकम चेम्जोङले बताउनुभयो । 

जसपाको प्रदेश समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । कोशी नामकरणको विरोधमा भइरहेको पहिचान पक्षधरको आन्दोलनमा जसपाको पनि समर्थन छ । सरकारमा रहेर आन्दोलनमा समर्थन गरेको भन्दै पार्टीको आलोचना भएको थियो । कोशी प्रदेश सरकार जसपा, माओवादी केन्द्र लगायत दलहरुको समर्थनमा एमालेले नेतृत्व गरिरहेको छ । 


प्रतिक्रिया