हिमाल संरक्षणमा चुनौती

जेष्ठ २०, २०८० | कास्की

पछिल्लो समय हिउँ पग्लने क्रम बढेकोले हिमाल संरक्षण चुनौतीपूर्ण बन्दै गएको सरोकारवालाले बताएका छन् । जलवायु परिर्वतनका कारण हिउँ पग्लिन थालेपछि हिमालको संरक्षण मुख्य चुनौती बनेको उनीहरुले बताएका हुन् । ७३ औं अन्नपूर्ण दिवसको अवसरमा पोखरामा आयोजित एक कार्यक्रममा पर्यटन व्यवसायी लर्की कार्कीले हिमाल संरक्षणमा बेलैमा ध्यान नपुर्‍याए मासिदै जाने बताउनुभयो ।

पछिल्लो समय हिमालमा हिउँ पग्लने क्रम बढ्दै गएको उहाँको भनाई छ । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमालमा देखिएको भन्दै यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो । सरकारले यस क्षेत्रलाई माथि उठाउन प्राथमिकताका साथ कार्यक्रम ल्याउने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा शेर्पाले पहिले हिमाल चढ्नु जत्तिको चुनौती अहिले यसको संरक्षणमा देखिएको बताउनुभयो । हिमालमा हिउँ पग्लिन थालेसँगै नेपालको पर्यटन व्यवसायमा समेत असर पुगेको उहाँले बताउनुभयो ।


प्रतिक्रिया