कपिलवस्तुमा स्रोत नखुलेको ४८ लाख रुपैयाँ बरामद

श्रावण १०, २०८० | कपिलवस्तु

कपिलवस्तुमा स्रोत नखुलेको ४८ लाख रुपैयाँ नगद सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिकास्थित नयाँटोलबाट सो परिमाणको रकम सहित सोही नगरपालिका १ का ४७ वर्षे सुनिलकुमार गुप्ता पक्राउ परेका हुन् ।

उनको साथबाट प्रहरीले नेपाली २४ लाख १३ हजार २ सय ५५ रुपैयाँ र १४ लाख ९४ हजार ९ सय २० भारतीय रुपैयाँ बरामद गरेको हो ।

स्थानीय एक घर भाडामा लिएर अबैध रुपमा भारतीय रुपैया कारोबार भईरहेको सूचनाका आधारमा सो रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख उपरिक्षक प्रेमबहादुर बस्नेतले बताउनुभयो ।

गुप्तालाई थप अनुसन्धानका लागि आज राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाउने प्रहरीको तयारी छ ।  


प्रतिक्रिया