खोलाले बगाएर वेपत्ता भएका आमाछोराको शव फेला

भाद्र १०, २०८० | सिन्धुली

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ६ रागेचुरीमा घाँस काट्न जाँदा खोलाले बगाएर वेपत्ता भएका आमाछोराको शव फेला परेको छ । घाँसको भारी लिएर फर्कदै गर्दा स्थानीय खड्कुले खोला पार गर्ने क्रममा तीन दिन अघि वेपत्ता भएका २८ वर्षीय राजकुमार गोलेको शव स्थानीय खड्कुले खोलाको दोभानमा फेला परेको प्रहरीले जनाएको छ ।

५७ वर्षीया आमा माया कुमारी गोलेको शव भने रौतहटको वागमती किनारमा आज बिहान फेला परेको हो । गोले आमाछोरा स्थानीय जंगलमा घाँस काटेर फर्किदा खोलाले बगाएर वेपत्ता भएका थिए ।


प्रतिक्रिया