दोलखाबाट थप चार केजी सुन बरामद

आश्विन १४, २०८० | दोलखा

दोलखाको लामाबगरबाट प्रहरीले थप चार केजी सुन बरामद गरेको छ । चिनियाँ नाका हुँदै नेपाल ल्याइएको सुन बिगु गाउँपालिका–१ स्थित लामाबगरमा ढुङगाले थिचेर लुकाएको अवस्थामा बरामद गरिएको दोलखाका प्रहरी प्रमुख दिपक खड्काले बताउनुभयो ।

उहाँका अनुसार लामाबगरमा भेटिएको सुन तस्करी गर्ने व्यक्तिको पहिचान भइसकेकाले खोजी कार्य जारी छ । यसअघि प्रहरीले दोलखाबाट गत बुधवार ४ केजी र गत शुक्रवार ३ केजी अवैध सुन बरामद गरेको थियो ।

यसैबीच, ती सुन तस्करीमा संलग्न थप दुई जना आजै पक्राउ परेका छन् । पक्राउ पर्नेमा विगु गाउँपालिकाका ३० बर्षीय चसमान तामाङ र २७ वर्षीय राज तामाङ रहेको प्रहरीले जनाएको छ । राजलाई काठमाडौंबाट र चसमानलाई लामाबगरबाटै पक्राउ गरी गरिएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो । यसअघि चिनियाँ नाका हुँदै सुन तस्करी गर्ने एकै गाउँका ७ जना पक्राउ परेका थिए ।  


प्रतिक्रिया