मधेशका मुख्यमन्त्री यादवले पाए तेश्रो पटक विश्वासको मत

फाल्गुन ६, २०८०

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले तेश्रो पटक प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । गत माघ ९ गते जनमत पार्टीका दुई मन्त्रीले प्रदेश सरकारबाट समर्थन फिर्ता लिँदै राजीनामा दिएपछि यादवले आज प्रदेश सभामा विश्वको मत लिनुभएको हो । 

प्रदेश सभामा उपस्थित १ सय ४ सांसद मध्ये ६९ जनाले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएका हुन् । विपक्षमा ३५ जनाले मतदान गरे । मधेशमा १ सय ७ प्रदेशसभा सदस्यमध्ये सरकारलाई बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । जसपाका मुख्यमन्त्री यादवलाई सत्ता गठबन्धमा सांसदहरुले विश्वासको मत दिएका हुन् । नेकपा एमाले र जनमतका सांसदहरुले विपक्षमा मतदान गरेका थिए ।

प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका २३, कांग्रेसका २२ र जसपाका १८, जनमत पार्टीका १३, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाका ९÷९ सांसद छन् । लोसपा संसदीय दलका नेता अभिराम शर्मा महोत्तरी जिल्ला अदालतबाट जन्मकैद सजाय पाएर निलम्बित छन् । राप्रपा, नेसपा र नागरिक उन्मुक्ति पार्टीका १÷१ सांसद छन् भने एक जना स्वतन्त्र सांसद रहेका छन् ।प्रदेश सभा बैठकमा प्रदेश सांसदहरुले मुख्यमन्त्री यादवको कार्यशैलिमाथि प्रश्न उठाएका थिए ।


प्रतिक्रिया