दुई दिने अन्तर्राष्ट्रिय विज्ञ सम्वाद सुरु

जेष्ठ ९, २०८१

हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर र न्यूनीकरणको बारेमा छलफल गर्न नेपालमा दुई दिने अन्तर्राष्ट्रिय विज्ञ सम्वाद सुरु भएको छ । वन तथा वातारण मन्त्रालयले आयोजना गरेको “हिमाल, जनता तथा जलवायु परिवर्तन” विषयक संवादको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुभयो । 

संवादमा दक्षिण एसीयाली स्वतन्त्र व्यापार क्षेत्रका अध्यक्षसहित २३ देशका ६१ विदेशी विज्ञ सहभागी भएका छन् । उद्घाटन समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनबाट पर्वतीय क्षेत्रमा बसोबास गर्दै आएका समुदाय सबैभन्दा जोखिममा भएको बताउनुभयो । अर्थतन्त्र, कृषि, पर्यटन र भौतिक पूर्वाधारजस्ता जलवायु संवेदनशील क्षेत्रमा परेको असरका कारण पर्वतीय समुदाय र इकोसिस्टममा नकारात्मक प्रभावदेखिएको उहाँको भनाइ छ । 

यसैबीच, अन्तर्राष्ट्रिय सम्वादलाई सम्बोधन गर्दै बंगलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री सबर हुसैन चौधरीले जलवायु परिवर्तनका कारण नेपालका हिमालमा हिउँ पग्लिंदा बंगलादेशको अस्तित्व नै खतरामा पर्ने चिन्ता व्यक्त गर्नुभएको छ । 


प्रतिक्रिया