पहिरोले घर पुरिँदा लमजुङको दोर्दीमा एकको मृत्यु

असार १२, २०८१ | लमजुङ

लमजुङको दोर्दी गाउँपालिका–९ धैरेनी सुनार गाउँमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै मंगलबार राति खसेको पहिरोले पुरिएर १६ वर्षीय विकल सुनारको मृत्यु भएको हो । 

उनका दाई १८ वर्षीय मिलन सुनारसँगै सुतिरहेका बेला खसेको पहिरोले घरमा पुरिँदा दुबैजना घाइते भएका थिए । 

घाइते दुबै जनालाई उपचारका लागि बेंसीसहरस्थित लमजुङ अस्पताल ल्याइकोमा विकलको भने आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते मिलनको लमजुङ अस्पतालमा उपचार भइरहेको छ । 


प्रतिक्रिया