छुटेका ८ जना पनि चिकित्सा शिक्षा अध्ययनका लागि बंगलादेश जान पाउने

जेष्ठ ९, २०८१

बङ्गलादेशमा चिकित्सा शिक्षा पढ्न जाने नेपाली विद्यार्थीको सूची हेरफेरपछि उत्पन्न समस्या समाधान भएको छ । छुटेका ८ जना विद्यार्थीलाई भर्ना दिने जानकारीसहित बंगलादेशले पत्र पठाएसंगै समसया समाधान भएको शिक्षा मन्त्री सुमना श्रेष्ठको सचिवालयले जनाएको छ । 

बङ्गलादेश सरकारले दिने कोटामा चिकित्सा शिक्षा पढ्न बङ्गलादेश जान नेपाल सरकारबाट १९ जना एमबिबिएस र ३ जना बिडिएस गरी २२ जनाको नाम चिकित्सा शिक्षा आयोगको सिफारिसमा शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत बङ्गलादेश पठाएको थियो । तर, अन्तिम सूचिमा १२ जनाको मात्रै नाम आएको थियो ।

 सिफारिस भएका विद्यार्थीको सूची हेरफेर भएर आएकोबारे शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले नेपालस्थित बङ्गलादेशी राजदूतसँग छलफल गर्नुभएको थियो। परराष्ट्र मन्त्रालयले बङ्गलादेश सरकारलाई ’कूटनीतिक नोट’ पठाएकोमा त्यसको जवाफमा बङ्गलादेशले छुटेका ८ जनालाई समेत समावेश गर्ने निर्णय भएको पत्र कूटनीतिक नोट मार्फत नै जानकारी दिएको मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया