मुगुमा जीप दुर्घटना हुँदा १२ जना घाइते

जेष्ठ १०, २०८१ | काठमाडौं

मुगुको खत्याड गाउँपालिकाको सेरी जाम भन्ने स्थानमा जीप दुर्घटना हुँदा ९ जना विद्यार्थी सहित १२ जना घाइते भएका छन् ।

बाजुराको बुढीनन्दा नगरपालिका स्थित कोल्टीमा रहेको जनप्रकाश माध्यमिक बिद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षक रारा भ्रमण गर्न जाने क्रममा सवार जीप दुर्घटनामा परेको हो ।

जीप सडकबाट २५ मिटर तल खसेको थियो ।

दुर्घटनामा ९ जना विद्यार्थी, २ जना शिक्षिका र एक जना चालक सहित १२ जना घाइते भएको खत्याड गाउँपालिका—२ का वडाअध्यक्ष हेमराज मल्लले जानकारी दिनुभयो ।

घाइतेलाई थप उपचारको लागि खत्याड रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएकोछ ।


प्रतिक्रिया