म्याद सकिन साढे ७ महिना रहँदा नागढुंगा–मुग्लिन सडकको काम २६ प्रतिशत मात्रै

वैशाख ६, २०८२ | काठमाडौं
नागढुंगा–मुग्लिन सडक योजना अन्तर्गत पश्चिम खण्ड विस्तारको काम निर्धारित मितिमा सम्पन्न नहुने देखिएको छ ।
सम्झौता अनुसार आगामी पुस १४ भित्रै नागढुंगा–मुग्लिन सडक योजना अन्तर्गत पश्चिम खण्ड विस्तारको काम पूरा हुनुपर्नेछ । मलेखुदेखि मुग्लिनको ३९ किलोमिटर सडक विस्तारको काम ३६ महिनाभित्र सक्ने गरेर सन् २०२२ डिसेम्बर ३० मा सम्झौता भएको थियो ।
तर, ठेक्काको म्याद सकिन साढे ७ महिनामात्रै बाँकी रहँदा २६ प्रतिशत मात्रै काम भएको छ । सडक विस्तारको कामले गति नलिँदा धूलो र खाल्डो हुँदा यात्रा निकै सकस हुने गरेको छ ।
