धौलागिरिमा मृत्यु भएका रूसी आरोहीको शव तत्काल ल्याउन नसकिने

आश्विन २३, २०८१ | काठमाडौं

धौलागिरि प्रथम हिमालको ७ हजार ६ सय मिटर उचाइमा मृत फेला परेका ५ जना रूसी आरोहीको शव तत्काल ल्याउन नसकिने भएको छ ।

हिमाली रेस्क्यु टिम परिचालन गर्न ‘इन्स्योरेन्स कभर’ प्रक्रिया टुंगो नलागेकोले आज मृतकहरुको शव ल्याउन नसकिने ट्रेकिङ एजेन्सी आइएम ट्रेकिङ एण्ड एक्सपिडिसन उदृत गर्दै जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

इन्स्योरेन्स प्रक्रिया टुंगो नलाग्दासम्म रेस्क्यु टिम पठाउन नसकिने ट्रेकिङ एजेन्सीले बताएकाले शव ल्याउने बारे टुंगो नलागेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो ।

असोज २० गते राति धौलागिरि प्रथम हिमालको ८ हजार मिटरमाथिबाट आरोहण छोडेर फर्कन लागेको सूचना दिएका आरोहीहरु सम्पर्कविहीन बनेका थिए । सम्पर्कविहीन बनेका उनीहरु ७ हजार ६ सय मिटरको उचाईमा हिजो मृत भेटिएका थिए । 


प्रतिक्रिया