राष्ट्रसंघले दिने शरणार्थी पुरस्कार ब्राजिलीकी भिक्षुणी माइलेसीलाई, नेपालकी गुरूङ पनि सम्मानित

आश्विन २३, २०८१ | काठमाडौं

आप्रवासी र शरणार्थीको अधिकारका लागि दशकौँदेखि काम गर्दै आएकी ब्राजिली भिक्षुणी रोसिटा माइलेसीले आज संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय (युएनएचसीआर)को’ नानसेन पुरस्कार’ जित्नुभएको छ ।

७९ वर्षीय माइलेसीले ४० वर्षको अवधिमा ब्राजिलमा कानुनी कागजात, आवास, खाना, स्वास्थ्य सेवा, भाषा प्रशिक्षण र श्रम बजारमा पहुँच पु¥याउन हजारौँ मानिसलाई सहयोग गरेको युएनएचसीआरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

माइलेसीसहित चार क्षेत्रीय पुरस्कार पनि सबै महिलाहरूलाई दिइएको छ । माइलेसीसँगै क्षेत्रीय पुरस्कारबाट नेपालकी दीप्ति गुरुङ, बुर्किना फासोकी मैमौना बा, सिरियाली जिन डाभोद, सुडानी शरणार्थी नाडा फाडोल सम्मानित भएका छन् ।

सम्मानित हुने मध्येकी गुरुङले आप्रवासी र शरणार्थीका लागि काम गर्दै आफ्ना छोरीहरू राज्यविहीन भएपछि नेपालको नागरिकता कानुनमा सुधारका लागि अभियान चलाउनुभएको थियो । सबै पुरस्कार आगामी अक्टोबर १४ मा जेनेभामा प्रदान गरिने बताइएको छ ।

सन् १९५४ मा स्थापना भएको नानसेन पुरस्कार अन्तर्गत विजेताको कामलाई परिपूरक बनाउने परियोजनाका लागि एक लाख अमेरिकी डलर प्राप्त गर्नेछन् भने क्षेत्रीय विजेताले जनही २५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।


प्रतिक्रिया