सल्यानको कालिमाटी–दम्दवाली सडक तीन महिनापछि सञ्चालन

आश्विन २३, २०८१ | काठमाडौं

सल्यानमा अवरुद्ध भएको कालिमाटी–बालुवा–दम्दवाली सडक तीन महिनापछि सञ्चालनमा आएको छ ।

वर्षा रोकिए लगत्तै स्थानीय पालिकाले टेण्डर गरी ठेकेदार मार्फत मर्मतको काम गर्न लगाएपछि अवरुद्ध सडक तीन महिनापछि सञ्चालनमा आएको हो ।

वर्षाका कारण कालिमाटी–बालुवा–दम्दवाली सडक गत असार १८ गतेदेखि पुर्ण रुपमा अवरुद्ध भएको थियो । सडक सञ्चालनमा आएपछि स्थानीय घर नजिकैबाट गाडीमा आउजाउ गर्न थालेका छन् ।   


प्रतिक्रिया