सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गुरुङको आपत्ति

कार्तिक २३, २०८१

सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी सभा सदस्य एवम् पूर्वमन्त्री राजिव गुरुङले फैसलाको पूर्ण पाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा उपस्थित हुने बताउनुभएको छ । गुरुङले आज विज्ञप्ती जारी गर्दै फैसलाको नक्कल सार्न पठाएपनि फैसला तयार नभएको जानकारी पाएको उल्लेख गर्नुभयो । 

यस्तै, गुरुङले अदालतबाट आफू दोषी ठहर भएको फैसला आएपछि केही सञ्चारमाध्यमबाट तारन्तार फोन आएकाले मोबाइल बन्द गरेको समेत बताउनुभएको छ । साथै, गुरुङले केही सञ्चारमाध्यममा आफूविरुद्ध भ्रामक समाचार आएको भन्दै आपत्ति जनाउनु भएको छ । सर्वोच्चले ज्यान मार्ने उद्योगमा उच्च अदालत पाटनकै फैसला सदर गर्दै दोषी ठहर गरेपछि सञ्चारमाध्यममा गुरुङ सम्पर्कविहिन भन्ने समाचार बाहिरिएको थियो । 


प्रतिक्रिया