बीआरआइ कार्यन्वयनसम्बन्धि सम्झौता उपलव्धिमूलक
मंसिर १९, २०८१
चौथो पटक प्रधानमन्त्री भएपछि पहिलो औपचारिक भ्रमणका लागि चीन रोजेका प्रधानमन्त्री केपी ओलीका लागि बीआरआइ कार्यन्वयनसम्बन्धि सम्झौता उपलव्धिको रुपमा हेरिएको छ । सन् २०१७ मा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालको पालामा बीआरआइ सम्झौता भएको ७ बर्षपछि त्यसलाई कार्यन्वयनमा लैजाने महत्वपूर्ण कदम प्रधानमन्त्री ओलीको पालामा सम्भव भएको हो ।
बीआरआइको सन्दर्भमा नेपाली कंग्रेसका लागि समेत महत्वपूर्ण कुटनीतिक सफलता बन्न पुगेको छ । कंग्रेस नेता डा. प्रकाशशरण महत परराष्ट्र मन्त्री हुँदा बीआरआइ सम्झौता भएको थियो भने अहिले कंग्रेस नेत्री एवम् परराष्ट्र मन्त्री डा. आरजु राणाले त्यसको कार्यन्वयनका लागि द्धिपक्षीय भेटवार्तामा चीनियाँ पक्षसँग सघन वार्ता गर्नुभएको थियो ।