नेपाल र चीनबीच बीआरआईको कार्यन्वयनका लागि हस्ताक्षर
मंसिर १९, २०८१
अन्ततः नेपाल र चीनबीच बहुप्रतिक्षित बेल्ट एन्ड रोड इनिसियटिभ अर्थात् बीआरआईको कार्यन्वयनका लागि हस्ताक्षर भएको छ । ऋण कि अनुदान भन्ने विवादपछि मध्यमार्गी विकल्प खोज्दै बीआरआइ सहकार्य फ्रेमवर्कमा १० वटा परियोजना समावेश गरी दुई पक्षबीचको सम्झौतामा हस्ताक्षर भएको हो ।
फ्रेमवर्क सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र सचिव अमृतबहादुर राई र चीनतर्फ नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिशनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गर्नुभयो । सम्झौतासँगै नेपाल विश्व शक्ति राष्ट्र चीनको सहयोगमा १ सय ५० भन्दा बढी देशमा अघि बढेको बीआरआइ कार्यन्वयनका लागि औपचारिक रुपमा प्रवेश गरेको छ । भूराजनीति र अन्तराष्ट्रिय सम्वन्धका विविध आयामले घेरिएको नेपालले उत्तरी छिमेकी चीनको महत्वकाक्षी रणनीति मानिएको बीआरआइ कार्यन्वयनमा अग्रसरता लिएको हो ।