राष्ट्रपति पौडेलको शल्यक्रिया सम्पन्न

मंसिर १९, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलको आज प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न भएको छ । 

त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा. डा घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

राष्ट्रपति पौडेल आज बिहान अस्पताल भर्ना हुनु भएको थियो । उहाँको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।


प्रतिक्रिया