पर्सामा पनि लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी

मंसिर १९, २०८१

पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष समेत रहेका पूर्व डीआईजी छविलाल जोशीविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ । 

वीरगञ्जको सानो पाइला सहकारीको बचत अपचलनको विषयमा अनुसन्धान गर्न प्रहरीलाई आज पर्सा जिल्ला अदालतले अनुमति दिएको पर्साका प्रहरी प्रमुख कुमुद ढुंगेलले जानकारी दिनुभयो । 

लामिछाने प्रबन्ध निर्देशक रहेका बेला सो सहकारीबाट करिब ८ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको थियो । लामिछाने र जोशीविरुद्ध कास्की, रुपन्देही, काठमाडौं र चितवनमा पनि अनुसन्धान जारी छ । 


प्रतिक्रिया