संगीत रोयल्टी सङ्कलन समाजको आग्रहप्रति नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आपत्ति

मंसिर १९, २०८१

सार्वजनिक यातायातमा गीत संगीत बजाए वापत् रोयल्टी बुझाउन संगीत रोयल्टी सङ्कलन समाजले गरेको आग्रहप्रति नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विरोध जनाएको छ । 

सवारीको प्रकृती र सिट सङ्ख्याका आधारमा व्यवसायीबाट बार्षिक रुपमा ३ हजार ३ सय ९० रुपैयाँसम्म रोयल्टी बुझाउन रोयल्टी सङ्कलन समाजले पत्राचार गरेपछि यातायात व्यवसायी राष्ट्रिय महासंघले विरोध गरेको हो । रोयल्टी सङ्कलन समाजले आफूहरुको सहमति विना व्यवसायीहरुलाई १० दिन भित्र रोयल्टी संकलन गर्न भनेको महासङ्घका महासचिव डेकनाथ गौतमद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । 

यसैबीच, महासङ्घले विज्ञप्ति मार्फत रोयल्टी संकलन समाजको पत्राचारको कार्यान्वयन नगर्न व्यवसायीलाई आग्रह समेत गरेको छ ।  


प्रतिक्रिया