स्वाथ्य सेवाको सुदृढिकरणमा प्रयोग गर्नुपर्ने विज्ञको सुझाव
पुस १२, २०८१ | काठमाडौं
प्रविधिको क्षेत्रमा भएको विकासलाई स्वाथ्य सेवाको सुदृढिकरणमा प्रयोग गर्नुपर्ने विज्ञहरुले सुझाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा काठमाडौंमा जारी हेल्थ कन्क्लेभमा सहभागी विज्ञहरुले स्वास्थ्य सेवामा भईरहेको अन्तराष्ट्रिय अभ्यास एवं प्रविधिको पुर्ण प्रयोग गर्नुपर्नेमा जोड दिएका हुन ।
सम्मेलनमा विभिन्न ९० मुलुकमा स्वस्थ्य क्षेत्रमा क्रियाशील प्रवासी नेपालीको सहभागिता रहेको छ ।
प्रवासी नेपालीहरूले विश्वव्यापी अभ्यासहरु, आधुनिक स्वास्थ्य प्रणाली, नीतिगत संवाद तथा अनुसन्धान, शिक्षा, र नवप्रवर्तन विषयमा वृहत छलफल भइरहेको हो ।
स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, सेवाको सुदृढीकरण लगायतका विषयमा विज्ञहरुबिच वृहत छलफल जारी रहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.विकास देवकोटाले जानकारी दिनुभयो ।
विभिन्न देशमा रहेका चिकित्सा क्षेत्रका प्रवासी नेपालीहरुले आफुले काम गरेको देशमा रहेको स्वास्थ्य क्षेत्रको अवस्थाबारे बताएका थिए ।
सम्मेलनमा आज स्वास्थ्य क्षेत्रको दिगोपनाका लागि रणनीतिक योजना तथा नीतिगत बहसमा सम्मेलन केन्द्रित हुनेछ ।
स्वास्थ्य सेवाको सुदृढीकरणका लागि सम्मेलनले सघाउ पुर्याउने विश्वास लिइएको छ । सम्मेलन आजै सकिनेछ ।