सूर्य नेपाल इस्टर्न ओपनको उपाधि निरजलाई

पुस १२, २०८१ | काठमाडौं

धरानका प्रो निरज तामाङले सूर्य नेपाल गल्फ टुर २०२४÷२५ अन्तर्गत तेस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेका छन् ।

 उनले धरानकै प्रो शुक्र बहादुर राईको रेकर्ड बराबरी गर्ने क्रममा १७ अन्डर १ सय ९३ को स्कोर सहित करियरको दोस्रो उपाधि जितेका हुन् । 

आज ५ अन्डर ६५ को उत्कृष्ट स्कोरमा निरजले विष्णु प्रसाद शर्मालाई १० स्ट्रोकको फराकिलो अन्तरमा हराए । उपाधिसँगै निरजले १ लाख ५० हाजर प्राप्त गरेका छन् । 

उनले यही प्रतियोगिताको पहिलो दिन शुक्रको नाममा रहेको ७ अन्डरको कोर्स रेकर्ड पनि तोडेका थिए ।

 पार ७० को धरान गल्फ क्लबमा ७ अन्डर २ सय ३ स्कोर सहित विष्णु दोस्रो भए ।

 उनले आज २ अन्डर ६८ को कार्ड बनाएर १ लाख रुपैयाँ प्राप्त गरे । 

 धरानका बलभद्र राई ३ अन्डर २ सय ७ सहित तेस्रो हुँदै ७५ हजार जित्न सफल भए । 

उनले आज १ ओभर ७१ स्कोर निकाले । एमेच्योरतर्फ धरानका सुमन परियारले सुन्दर राईलाई दुई स्ट्रोकले हराउँदै उपाधि जिते । 

अन्तिम दिन १ अन्डर ६९ सहित समग्रमा सुमनले १ अन्डर २ सय ९ स्कोरमा प्रतियोगिता सकाए । 

तीन दिने प्रतियोगितामा २९ प्रोफेसनल, २७ एमेच्योर गरी कुल ५६ गल्फरको सहभागीता रहेको थियो ।


प्रतिक्रिया