अनुशासन उल्लङ्घन गरेपछि नेता रावलमाथि कारबाही भयोः एमाले

पुस १२, २०८१ | काठमाडौं

एमाले पूर्व उपाध्यक्ष भीम रावललाई अनुशासन उल्लङ्घन गरेपछि कारबाही गरिएको सो पार्टीले जनाएको छ ।

पार्टीबाट निष्काशीत हुनेगरि रावलमाथि गरिएको कारबाहीलाई लिएर राजनीतिक र सार्वजनीक रुपमा पक्ष विपक्षमा बहस भरहेका बेला नेता रावलले अनुशासन उल्लङ्घ गरेको एमालेले जनाएको हो । पार्टीभित्र असन्तुष्टि जनाउँदै आएका नेता रावललाई गत बुधवार एमालेले केन्द्रीय सदस्यबाट समेत हटाएको थियो ।

नेता रावललाई पार्टीबाट हटाएको विषयमा बोल्दै एमाले उप–महासचिव शंकर पोखरेलले अरुलाई अनुशासन सिकाउने व्यक्तिले आँफै उल्लङ्घन गरेको बताउनुभयो ।

एमालेको चितवनमा सम्पन्न १० औं महाधिवेशनका क्रममा नेता रावलले पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध उम्मेदवारी दिएपछि विवाद सुरु भएको थियो । यस्तै पार्टी नेतृत्वको निर्णयप्रति असहमति राखेका स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सेना ६ महिनाका लागि निलम्बनमा परेका छन् । 


प्रतिक्रिया