बाँकेका बालबालिकामा कुपोषणको समस्या गम्भिर बन्दै

पुस १२, २०८१ | काठमाडौं

लुम्विनी प्रदेशको बाँकेका बालबालिकामा कुपोषणको समस्या गम्भिर बन्दै गएको छ । जिल्लामा गरिएको पछिल्लो अध्ययनका क्रममा ५ वर्ष मुनिका १५ सय भन्दा बढी बालबालिकामा कुपोषणको समस्या देखिएको हो ।

बाँकेमा सो उमेर समूहका सवै बालबालिका अध्ययनको दायरामा आउन नसकेका कारण कुपोषणबाट पीडित बालबिालिकाको संख्या अझै उच्च रहेको हुन सक्ने बताईएको छ ।

स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि गएका बालबालिकाको संख्या एवं जिल्ला स्वस्थ्य स्वंसेवको अध्ययनलाई आधार मानेर सो तथ्याङक निकालिएको स्वास्थ्य कार्यलय बाँकेले जनाएको छ ।

जिल्लामा कुपोषणबाट प्रभावितको संख्या उल्लेख्य रुपमा बढेपछि थप अध्ययन अनुसन्धान अघि बढाईएको जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख अंगत बहादुर शाहीले जानकारी दिनुभयो ।

बालबालिकामा कुपोषण घटाउने सरकारी अभियान पछिल्लो समय प्रभाकारी नहुँदा मुलुकका अन्य जिल्लामा प्रभावित बालबालिकाको संख्या बढ्न थालेको छ ।

जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण प्रतिवेदन २०२२ का अनुसार नेपालमा कुपोषणबाट प्रभावित बालबालिका २५ प्रतिशत हाराहारीमा रहेको छ ।

कुपोषणबाट प्रभावित बालबिालिका मध्ये सवैभन्दा धेरै बाँकेमा रहेका छन् । 


प्रतिक्रिया