क्रान्तिकारी पार्टीसँग एकता गर्ने चन्द नेतृत्वको नेकपाको निर्णय
पुस १६, २०८१
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले क्रान्तिकारी पार्टीसँग एकता र मित्र पार्टीसँग मोर्चामा सहकार्य गर्ने निर्णय गरेको छ । सो पार्टीको हालै सम्पन्न केन्द्रीय समिति बैठकले एकता र सहकार्य गर्ने नीतिबारे निर्णय गरेको हो । नेकपाले एकीकृत जनक्रान्तिका १० वर्षभित्र गरिएका अध्ययन, अनुसन्धान, प्रयोग र विकासलाई विचार संश्लेषणमा उठाउने निर्णय गरिएको जनाएको छ ।
त्यस्तै देशमा व्याप्त भ्रष्टाचार, वैदेशिक हस्तक्षेप, सुकुम्वासी, मिटरव्याज, ऋण आतंक लगायतका मुद्दामा फाल्गुन २१ देखि झापा–कञ्चनपुर जनमार्च सञ्चालन गर्ने निर्णय लिइएको छ । चन्द नेतृत्वको पार्टीले आगामी २०८४ को चुनावका लागि पार्टी दर्ता गर्ने निर्णय समेत गरेको छ ।