संघीय संसदको अधिवेशन आह्वान नगरेको भन्दै माओवादीको असन्तुष्टि
पुस १९, २०८१
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संघीय संसदको अधिवेशन सरकारले आह्वान नगरेको भन्दै असन्तुष्टि जनाएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकारले संसदको हिउँदे अधिवेशन नियतवस आवहन नगरेको निष्कर्ष निकालेको हो । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटा पत्रकारसँग कुरा गर्दै संसद छलेर सरकारले दल विभाजन गर्ने अध्यादेश ल्याउन खोजेको आंशका प्रतिपक्षी दल माओवादीले गरेको बताउनुभयो ।
माओवादी केन्द्रले संसदमा रहेका सबै दलसँग छलफल गरेर प्रभावकारी दबाब सिर्जना गर्ने नीति लिने उहाँको भनाई थियो । उहाँले चाँडो भन्दा चाँडो संसदको अधिवेशन आह्वान गर्न सरकारलाई आग्रह समेत गर्नुभयो ।