भ्रष्टाचार अन्त्यका लागि सामुहिक पहल आवश्यक छः दाहाल
पुस १९, २०८१ | काठमाडौं
प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताउनुभएको छ ।
भ्रष्टाचार अन्त्यका लागि सामुहिक पहल हुनुपर्ने अध्यक्ष दाहालको भनाई छ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले सुशासनका लागि आदर्शका कुरा गरेर नहुने बरु नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताउनुभएको हो ।
पछिल्लोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा, सामाजिक विभेदका विरुद्ध तथा सामाजिक न्यायका पक्षमा र आर्थिक समस्याबाट देशलाई राहत दिने पक्षमा काम गरेको उहाँले दोहोर्याउनुभयो ।