अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने

पुस २१, २०८१ | काठमाडौं

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यो साता दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने हुनुभएको छ ।

 अमेरिकाको विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दै विदेशमन्त्री ब्लिन्केनले आजदेखि सियोल, टोकियो र पेरिसको भ्रमण गर्ने जनाएको छ । बाइडेन प्रशासनका विदेशमन्त्रीको रुपमा उहाँको यो अन्तिम विदेश यात्रा हुन सक्ने बताइएको छ । 

दक्षिण कोरियामा राष्ट्रपतिविरुद्धको महाभियोगपछि राजनीतिक उथलपुथलको बीचमा अमेरिकी विदेशमन्त्री ब्लिन्केनको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

विदेशमन्त्री ब्लिन्केनको भ्रमण इण्डो–प्यासिफिक रणनीतिको एक अङ्गको रुपमा दक्षिण कोरिया र जापानसँग अमेरिकी सहयोगको विस्तारलाई उजागर गर्ने योजनाको रुपमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 


प्रतिक्रिया