माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुरु

पुस २१, २०८१

प्रतिपक्षी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुरु भएको छ । पार्टी भित्रको अन्तरसंघर्ष तत्काललाई थाँती राखेर माओवादीले देशव्यापी रुपमा राजनीतिक अभियान चलाउने निर्णय गरेको छ । पार्टी एकजुट भएको सन्देश दिन तथा पार्टी सरकारमा छँदा भएका राम्रा कामहरुलाई जनतामा लैजानका लागि अभियान चलाउन लागिएको उपाध्यक्ष समेत रहेका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो । 

राजनीतिक अभियान, पार्टीको अवस्था एवं संगठन सुदृढिकरण सम्वन्धी अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रस्तावमा केन्द्रीय समिति बैठकमा पेश भएको छ । यसैबीच, बैठकमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले केन्द्रीय कमिटीको आकार ‘विशाल’ भएको टिप्पणी गर्नुभएको छ । दाहालले विशाल कमिटी पार्टीका लागि अवसर र चुनौती दुवै भएको बताएको एक नेताले बताए । माओवादी केन्द्रको केन्द्रिय समिति आगामी बुधवारसम्म चल्नेछ ।


प्रतिक्रिया