पाँचौं टेस्टमा इण्डियालाई हराउँदै अस्ट्रेलिया टेस्ट च्याम्पियनसिपको फाइनलमा
पुस २१, २०८१ | काठमाडौं
अस्ट्रेलियाले पाँचौं तथा अन्तिम टेस्ट क्रिकेटमा इण्डियालाई ६ विकेटले पराजित गरेको छ । यससँगै अस्ट्रेलियाले टेस्ट सिरिज ३–१ ले जितेको छ ।
सिडनी क्रिकेट मैदानमा भएको अन्तिम खेलमा इण्डियाले दिएको १ सय ६२ रनको लक्ष्य अस्ट्रेलियाले चार विकेट गुमाएर पूरा गरेको थियो । योसँग अस्ट्रेलियाले बोर्डर–गावस्कर ट्रफि आफ्नो नाममा लेखाएको छ । अस्ट्रेलियालेइण्डियालाई टेस्ट सिरिजमा हराएको यो १० वर्षयता पहिलो पटक हो ।
घरेलु टिमका लागि ओपनर उस्मन ख्वाजाले सर्वाधिक ४१ रन बनाए । बलिङमा इण्डियाका लागि प्रसिद्ध कृष्णले ३ विकेट लिए । मोहम्मद सिराजको नाममा एक विकेट रह्यो । यसअघि इण्डिया आफ्नो दोस्रो इनिङ्समा १ सय ५७ रन बनाएर अलआउट भएको थियो ।
इण्डियाले आफ्नो पहिलो इनिङ्समा १ सय ८५ रन तथा अस्ट्रेलियाले १ सय ८१ रन मात्र बनाएको थियो । सिरिज जितेसँगै अस्ट्रेलिया वल्र्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । जूनमा हुने फाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ ।