पूर्वआईजीपी सर्वेन्द्र खनालद्वारा एमाले परित्याग

पुस २१, २०८१ | काठमाडौं

नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालले एमाले परित्याग गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत खनालले आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नभएको बताउनुभएको छ । 

नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि पूरा गरेको ३ वर्ष नपुग्दै खनाल राजनीतिमा प्रवेश गर्नुभएको थियो । २०७९ असोज ६ गते उहाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा भित्र्याउनुभएको थियो ।

 २०७९ को प्रतिनिधिसभा चुनावमा खनाल काठमाडौं–६ बाट रास्वपाका शिशिर खनालसँग पराजित हुनभएको थियो । त्यसको ६ महिनापछि २०८० वैशाखमा तनहुँ भएको उपचुनावमा एमालेबाट उम्मेदवार बनेपछि खनाल तेस्रो बन्नुभएको थियो । 

पार्टीमा लामो समयदेखि क्रियाशील नेताहरुलाई पन्छाएर खनाललाई टिकट दिएको भन्दै एमाले नेतृत्वको आलोचना भएको थियो ।  


प्रतिक्रिया