चिसो बढेपछि रुपन्देहीका तीन पालिकाका विद्यालय विदा
पुस २१, २०८१ | तिलोत्तमा
चिसो बढेपछि रुपन्देहीका तीन स्थानीय तहले विद्यालयमा विदा दिएका छन् । मर्चवारी, कोटहीमाई र सम्मरीमाई गाउँपालिकामा सोमबारदेखि जाडो विदा दिइएको हो ।
सम्मरीमाई र मर्चवारीले पुस २२ देखि माघ २ गतेसम्म विदा दिएका छन् । त्यस्तै कोटहीमाई गाउँपालिकाले पुस २२ देखि पुस २९ गतेसम्म विदा दिएको छ ।
बढ्दो शितलहरका कारण चिसो अत्यधिक बढेकाले विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै हिउँदे विदाबाट कट्टा हुने गरी गाउँपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण सामूदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा बिदा दिइएको मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले बताउनुभयो । उहाँका अनुसार तीन पालिकामै माघ ३ गतेदेखी अध्यापन सुरु हुनेछ ।
विद्यालयमा विदा दिइए पनि विद्यालयको प्रशासनिक कामकाज खुल्ला राख्न भनिएको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोद कुमार श्रीवास्तवले बताउनुभयो ।