रास्वपाद्वारा संविधान परिमार्जन सुझाव कार्यदल गठन

पुस २१, २०८१ | काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ । 

सो कार्यदलले सात वटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित सरोकारवाला तथा संविधानविद्सँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धारणा बनाउने पार्टीले जनाएको छ ।

 प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदलमा कान्तिशिखा धिताल, नन्दन यादव, गणेश कार्की, सोभिता गौतम, असिम साह, तोसिमा कार्की, अच्युतम लामिछाने र मेघ आले सदस्य छन् । 

सत्तारुढ काँग्रेस र एमालेले संविधान संशोधनको विषय अघि बढाएपछि दलहरुले आफ्नो धारणा बनाउन कार्यदल गठन गर्न थालेका हुन् । एकीकृत समाजवादीले पनि यसअघि संविधान संशोधनमा सुझावका लागि कार्यदल गठन गरेको थियो । 


प्रतिक्रिया