नेपाल समाजवादी पार्टीको पहिलो महाधिवेशन काठमाडौंमा सुरु
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2025/politics/samajbadi-1739106471.jpg&w=700&height=600)
माघ २७, २०८१ | काठमाडौं
बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको पहिलो महाधिवेशन काठमाडौंमा सुरु भएको छ । महाधिवेशन आजदेखि तीन दिनसम्म नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुनेछ । महाअधिवेशनमा मुलुकभरका एक हजार पाँच सय प्रतिनिधि सहभागी भएको महाधिवेशन व्यवस्थापन समितिका संयोजक हिसिला यमीले जानकारी दिनुभयो ।
महाधिवेशनले ११ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने बताइएको छ । महाधिवेशनपछि नयाँ शक्तिले अग्रगामी, वैकल्पिक र परिवर्तनकारी राजनीतिक अन्य शक्तिसँग सहकार्यको सम्भावनालाई प्राथमिकतामा राख्ने जनाएको छ ।
यसैबीच नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले वैकल्पिक राजनीतिका निम्ति वैकल्पिक शक्तिहरूको बीचमा नै विमर्श हुनुपर्ने बताउनुभएको छ । नयाँ युगको नयाँ वैकल्पिक राजनीतिको निम्ति नयाँ शक्तिहरुको बीचमा सम्वाद गरेर अघि बढ्नुपर्ने बताउनुभएको हो ।
बेइमान र ठगहरूको बिगबिगी भएको समाजमा सोझो, इमान्दार र सरल ढंगले अघि बढ्न नसक्ने अवस्था भएको उहाँको भनाई थियो । अध्यक्ष भट्टराईले वैकल्पिक राजनीति रूपान्तरणकारी एजेन्डा भएको बताउनुभयो ।