संवैधानिक पदाधिकारी विरुद्धको रिटको सुनुवाई सुरु

माघ ३०, २०८१

सर्वोच्च अदालतको संवैधानिक इजलासमा संवैधानिक आयोगका ५२ जना पदाधिकारी नियुक्तिविरुद्धको रिटमाथि सुनुवाई शुरु भएको छ । संवैधानिक आयोगका पदाधिकारी नियुक्तिविरुद्धको रिटमाथि ४ वर्षपछि सुनुवाई संवैधानिक इजलासमा अगाडी बढेको हो । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरु सपना प्रधान मल्ल, न्यायाधीश मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी सम्मिलित संवैधानिक इजलासमा रिटको सुनुवाइ आज भएको हो । सुनुवाईका क्रममा आज रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्याल तथा वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीलले बहस गर्नुभयो । 

बहस नसकिएपछि अब अर्को सुनुवाई आगामी फागुन २१ गतेका लागि तोकिएको सर्वोच्चका प्रवक्ता अच्युत कुईंकेलले जानकारी दिनुभयो । अध्यायदेश मार्फत संवैधानिक आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया तत्कालिन केपी शर्मा ओली सरकारले अगाडी बढाउने कार्य संविधानको मर्म विपरित भन्दै अधिवक्ता अर्यालले २०७७ साल पुष १ गते अधिवक्ता अर्यालले रिट दायर गर्नुभएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोग लगायत विभिन्न संवैधानिक आयोगमा नियुक्त गरिएका पदाधिकारीको नियुक्तिविरुद्धको रिट परेको हो । 


प्रतिक्रिया