ग्यास उद्योगीको आन्दोलनका कार्यक्रम तत्कालकालागि स्थगित
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2025/money/gas-1739364052.jpg&w=700&height=600)
माघ ३०, २०८१ | काठमाडौं
विभिन्न माग राख्दै ग्यास उद्योगीले घोषणा गरेका आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन् ।
उपभोक्तालाई खाना पकाउने ग्याँस प्रयोग गर्नेबारे जनचेतना कार्यक्रमका लागि आयातको १ प्रतिशत रकम छुटाउनुपर्ने तथा डिलर कमिसन, ढुवानी र प्राविधिक खर्च वृद्धि गर्नुपर्ने लगायत माग राखेर व्यवसायीले आन्दोलन घोषणा गरेका थिए । उद्योगमन्त्री दामोदर भण्डारीले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि ग्यास व्यवसायीले १५ दिनका लागि आन्दोलनका कार्यक्रम रोकेका हुन् ।
एलपी ग्याँस उद्योग संघका अनुसार आन्दोलन रोकिएपछि बजारमा ग्यास पूर्ववत अवस्थामा आपूर्ति हुने छ । व्यवसायीले आन्दोलन स्थगनबारे पत्रकार सम्मेलनमार्फत् जानकारी गराएका हुन् ।