प्रदेशसभा सदस्यद्वारा श्रम शोषण घटनाः मानव अधिकार आयोगको चासो

माघ ३०, २०८१

दाङका एक जना बालिकालाई लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्माले ६ वर्षसम्म बन्धक बनाई श्रम शोषण गरेको भनिएको घटनामा राष्ट्रिय मानवअधिकार आयोगले चासो दिएको छ । घटनामा प्रदेशसभा सांसद शर्मालाई उन्मुक्ति दिएको भन्दै सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि आयोगले स्व–विवेकीय क्षेत्राधिकार प्रयोग गरी छानबिन तथा अनुसन्धान प्रारम्भ गरेको छ ।

आयोगका अनुसार अनुसन्धानका क्रममा नेपाल प्रहरीबाट सरकारी वकील कार्यालय समक्ष पेश भएको राय सहितको प्रतिवेदन उपलब्ध गराउन पत्राचार गरिएको छ । सो प्रतिवेदन सात दिनभित्र उपलव्ध गराउन पत्राचार गरिएको आयोगका उपसचिव तथा सहायक प्रवक्ता श्यामबाबू काफ्लेद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । सत्ताको आडमा एमाले नेतृ समेत रहेकी शर्मालाई जोगाउन खोजिएको आरोप लागेको छ । 


प्रतिक्रिया