इजरायल–प्यालेस्टाइन युद्ध पुनः सुरु हुन सक्ने
माघ ३०, २०८१
इजरायल–प्यालेस्टाइन युद्धविरामले फेरि संकटको सामना गर्नुपरेको छ । इजरायलको सुरक्षा मन्त्रिपरिषदले आगामी शनिबार बाँकी रहेका सबै बन्धक फिर्ता गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मागलाई समर्थन गरेपछि गाजापट्टीमा युद्ध पुनः सुरु हुन सक्ने आंशका गरिएको छ ।
यसअघि प्यालेस्टाइनको विद्रोही समूह हमासले अर्को सूचना नआएसम्म थप बन्धकहरुलाई रिहा गर्न स्थगित गरेको घोषणा गरेको थियो । त्यसको जवाफमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा क्षेत्रभित्र र वरपर सेना जम्मा गर्न आदेश दिएको बताउनुभएको छ । विद्रोही हमासले भने युद्धविराम सम्झौताप्रति आफू प्रतिबद्ध रहेको र कुनै जटिलता वा ढिलाइमा इजरायल जिम्मेवार रहेको भन्दै प्रतिक्रिया दिएको छ ।