दिल्लीको मुख्यमन्त्री चयनमा सकस

माघ ३०, २०८१ | काठमाडौं

निर्वाचनको मत परिणाम सार्वजनिक भएको ५ दिन हुँदापनि भारतको दिल्ली सरकारले अहिलेसम्म मुख्यमन्त्री पाउन सकेको छैन । भारतीय जनता पार्टी भाजपाले नयाँ सरकार गठनको तयारी थालेपनि मुख्यमन्त्रीको नाम घोषणा गर्न ढिलाई गरेको हो । प्रधानमन्त्री नरेन्द्र मोदी विदेश भ्रमणमा रहेकाले मुख्यमन्त्री चयनमा ढिलाई भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 मोदी १५ फेब्रुअरीमा भ्रमण सकेर स्वदेश फर्किने कार्यक्रम छ । भावी मुख्यमन्त्रीका लागि विभिन्न व्यक्तिको नाम चर्चामा छ । कतिपयले नयाँ मुख्यमन्त्री महिला, सिंह वा ‘पूर्वाञ्चली’समूहबाट हुन सक्ने सम्भावना औंल्याएका छन् । 

एकथरीले भने पूर्वमुख्यमन्त्री तथा आम आदमी पार्टीका संस्थापक अरविन्द केजरीवाललाई पराजित गरेका नेता प्रवेश बर्मा तथा रमेश बिधुरी, भाजपा सांसद मनोज तिवारी, कपिल मिश्र मुख्यमन्त्री बन्न सक्ने बताएका छन् । २७ वर्षपछि दिल्लीको सत्तामा पुगेको भाजपाले विधानसभाका ७० मध्ये ४८ सिट जितेर स्पष्ट बहुमतको सरकार बनाउन लागेको हो ।


प्रतिक्रिया