स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा क्षेत्री नियुक्त

चैत्र १२, २०८१
स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्री नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयमा आज नवनियुक्त अध्यक्ष थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो ।
सपथ ग्रहण गर्दै नवनियुक्त अध्यक्ष थापाले स्वास्थ्य बिमा सुधार गर्न स्वास्थ्य बिमा नीतिको समीक्षा र सुधार गरी सबै नागरिकलाई समेट्ने योजना रहेको बताउनुभयो । स्वास्थ्य बिमाको महत्वबारे जनचेतना अभियान चलाउने तथा सरकार, निजी क्षेत्र र अन्तराष्ट्रिय संस्थासँग सहकार्य गरी बिमा कार्यक्रमलाई प्रभावकारी बनाउने उहाँको भनाइ छ ।